बंगलादेशमा ‘दिनकाल’ पत्रिकामाथि प्रतिबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बंगलादेशले प्रमुख प्रतिपक्षी दल नजिकका पत्रिकामाथि प्रतिबन्ध लगाइएको छ। सरकारले बंगाली भाषामा प्रकाशित ठूलो आकारको दैनिक ‘दिनकाल’लाई निलम्बन गर्न निर्देशन दिएपछि प्रकाशन रोकिएको हो। सरकारको यो कदमले बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको छ।

प्रधानमन्त्री शेख हसिनाको सरकारको उक्त निर्णयको व्यापक आलोचना भएको छ। सरकारको यो कदमप्रति अमेरिकालगायत पश्चिमी मुलुकले चासो व्यक्त गरेका छन्। तीन दशकभन्दा बढी समयदेखि बंगलादेश नेसनलिस्ट पार्टी ९बिएनपी०सँग नजिक रहेको पत्रिका बन्द हुँदा सयौं पत्रकार र प्रेस कर्मचारी बेरोजगार भएका छन्।

ढाका जिल्ला अधिकारीले अखबार बन्द गर्न दिएको आदेशको विरुद्ध उच्च अदालतका न्यायाधीशको नेतृत्वमा प्रेस काउन्सिलमा अपील गरेपछि डिसेम्बर २६ मा अखबारको प्रकाशन जारी रह्यो।

ADVERTISEMENT

यो साताको शुरुमा नै काउन्सिलले जिल्ला अधिकारीको आदेशलाई स्वीकृत गरेपछि प्रकाशन रोक्न बाध्य भएको पत्रिकाका प्रबन्ध सम्पादक शमसुर रहमान शिमुल विश्वासले बताए। बंगलादेश प्रेस काउन्सिलले एएफपीलाई भन्यो कि पत्रिकाले देशको मुद्रण र प्रकाशन ऐन उल्लंघन गरेको कारण पत्रिकाको प्रकाशन लाइसेन्स खारेज गरिएको थियो।

श्रोत :आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज