भावी राष्ट्रपतिमा महन्थको प्रस्ताव लिएर देउवालाई भेट्दै लोसपा नेता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शिर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शिर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

ADVERTISEMENT

‘सहमतिय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताव लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शिर्ष नेता राजेन्द्र महतोले भन्नुभयो, ‘सोही क्रममा बुधबार चाँही कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उहाँका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतिय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरूबीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको र कुनै निष्कर्ष ननिस्की रहेको बेला लोसपाले आफनो अध्यक्ष ठाकुरलाई अघि सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?