पर्यटन प्रवद्र्धनका लागि ११ बुँदे सुझाव

Read Time = 6 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए), नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्श फर टुरिज्मको संयुक्त आयोजनामा एकदिने कार्यशाला सम्पन्न भएको छ । सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमका सहभागीहरूले नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, संस्कृति मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्वराजदूत अञ्जान शाक्य, भिम उदास, दिपक धिताल, लक्की शेर्पा, मधुरमण आचार्य, झविन्द्र अर्याल, मोहनकृष्ण श्रेष्ठ, युवनाथ लम्साल, मधुवन पौडेल, दुर्गा भट्टराई र प्रदुम्नविक्रम शाहलगायतले पर्यटन व्यवसायीबीच सहकार्य गर्दै सरकारले पर्यटन क्षेत्रको नीतिगत सुधार गर्नुपर्ने तथा भौतिक संरचनाको निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

सोसल टुर्स नेपालका संस्थापक निर्देशक राज ज्ञवाली, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, युरोप नेपाल चेम्बर अफ कमर्श फर टुरिज्मका अध्यक्ष दिपेशमान शाक्य, एनआरएनए पर्यटन प्रवद्र्धन समिति सभापति सोम सापकोटाले पर्यटन क्षेत्रमा भएका प्रगतिबारेमा चर्चा गर्नुभएको थियो । नेपाल तथा विदेशमा रहेका पर्यटन संघसंस्था र व्यवसायीबीच सहकार्य बढाउँदै नेपालको पर्यटन उद्योगलाई अघि बढाउने उद्देश्यले आयोजित कार्यशालाले नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउन ११ बुँदे सुझाव दिएको छ । जसमा नेपालको पर्यटन उद्योगका सबै सरोकारवाला एकै ठाउँमा आउनुपर्ने, आफ्नो विशेषज्ञता र ज्ञान बाँड्नुपर्ने, देशको हितमा पर्यटन उद्योगलाई अघि बढाउने साझा लक्ष्य लिनुपर्ने उल्लेख छ ।

एनआरएनए, पर्यटन बोर्ड र युरोप चेम्बर अफ कमर्श फर टुरिज्मद्वारा संयुक्तरूपमा काठमाडौंमा आयोजित कार्यशालाले नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न ११ बुँदे सुझाव दिएको हो ।

ADVERTISEMENT

नेपालमा विशेष चासो राख्ने अन्तर्राष्ट्रिय पर्यटन संघ, संस्था तथा व्यवसायको नेटवर्क बनाउने, नेपालका पर्यटन व्यवसायी, आधिकारिक निकाय र विदेशमा बसोबास गर्ने नेपालीको एकीकृत सञ्जाल निर्माण गर्ने, एनआरएनए नेटवर्क र विदेशमा रहेका कूटनीतिक नियोगको सहयोगमा उल्लेखित दुई नेटवर्क जोडेर विश्वव्यापी बिटुबी च्यानल सिर्जना गर्नुपर्ने सुझाव रहेका छन् । जसले गर्दा नेपालको पर्यटन व्यवसायीलाई विदेशमा लक्षित व्यापार नेटवर्क उपलब्ध हुने र डब्ल्युटिएम, आइटिबीलगायत महँगा ट्राभल मेलामा भाग लिनुनपर्ने बताइएको छ ।

त्यस्तै, नेपालको पर्यटन उद्योगका प्रमुख सरोकारवाला पर्यटन मन्त्रालय, बोर्ड, ट्राभल एण्ड टुरिजम व्यवसायी, नेपाली दूतावास, पूर्वराजदूत, एनआरएनए, इएनसिसिटी र पर्यटनसँग सम्बन्धित अन्य संस्थाको साझा दृष्टिकोणसहित एक समिति गठन गर्ने, पर्यटन प्रवद्र्धनसम्बन्धी मुद्दाको सूचीकरण र प्राथमिकतामा सहमति निर्माण गर्ने, समय-समयमा पर्यटन उद्योग र सोसम्बन्धी सरोकारवालाले सामना गर्ने प्रमुख समस्या प्राथमिकताका आधारमा सम्बोधन गर्ने र सहमत भएका प्राथमिकतालाई कार्यान्वयन गर्ने पनि उल्लेख छ ।

सहमति भएका कार्यको प्रगति मूल्यांकन गर्न, नयाँ उदीयमान विचार, सरोकार र मुद्दाहरू छलफल गर्न र तीन मुद्दालाई पुनः प्राथमिकता दिन नियमितरूपमा समितिको भर्चुअल बैठक आयोजना गर्ने, साझा लाभका लागि द्विपक्षीय परामर्श गरी जिटुजी लिंकेज प्रयोग गर्दै समग्र दृष्टिकोणमा पर्यटन कूटनीतिको सम्भावनालाई बढावा दिने, कोरोना र हालै पोखरा हवाई दुर्घटनाका घटनापछिको नेपालको छवि पुनर्निर्माण गर्न आफ्नै पहँुचमा भएका बजार जस्तै चीन, भारत र एसियामा बौद्ध जनसंख्या लक्षित गर्दै लक्ष्य केन्द्रित पहल गर्ने बताइएको छ । त्यस्तै, अन्य लक्षित बजार चरणबद्धरूपमा पुग्ने, उनीहरूको रुचि, स्वाद र प्राथमिकतासाथ स्पष्ट मार्केटिङ रणनीतिसहित स्वच्छ र हरित पर्यटन निर्माणमा जोड दिने, विलासी पर्यटन प्याकेजको प्रावधानसहित मध्यपूर्व बजारलाई लक्षित गरी उच्चस्तरीय पर्यटनका लागि नयाँ मार्गचित्र बनाउने, निरन्तर संवाद र लगानीमैत्री पर्यटन मार्केटिङ रणनीतिसमेत व्यवस्थित गर्नेलगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज