कृषि बैंकका सिइओ गुरुङको पदवहाली

Read Time = 2 mins

काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्द गुरुङले पदबहाल गर्नुभएको छ । बैंक समितिले गुरुङलाई चारवर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेसँगै उहाँले सोमबार पदबहाल गर्नुभएको हो । विगतमा सिभिल बैंक र सिटिजन बैंक म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रहिसक्नुभएका गुरुङसँग बैंकिङ क्षेत्रको लामो अनुभव रहेको छ ।

कार्यान्वयनमा रहेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार नवनियुक्त सिइओ गुरुङलाई बैंक सञ्चालक समिति अध्यक्ष सुमन दाहालले शपथ ग्रहण गराउनुभएको थियो ।

ADVERTISEMENT

सो अवसरमा सञ्चालक समिति सदस्यहरू क्रमशः डा. राजेन्द्रप्रसाद मिश्र, सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईं, उप-महाप्रबन्धक क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दीर्घबहादुर अर्याल, बाबुकाजी थापा, प्रेमकुमार श्रेष्ठ, मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज