धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता

सांकेतिक तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

वासिङ्टन । अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

तामा मिश्रित धातु उत्पादन गर्ने सुम्यान एण्ड कम्पनीमा उक्त विष्फोट भएको हो । विष्फोटमा घााइते भएका सबैलाई अस्पताल लगिएकोे अग्नि अधिकारीहरूले बताएका छन् ।

ADVERTISEMENT

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन् । सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ । विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?