ठूलो डटकमको सेवा विराटनगरमा पनि

Read Time = 2 mins

विराटनगर । इ कमर्स टेक्नोलोजी ठूलो डटकमले प्रदेश १ मा पनि सेवा सुरु गरेको छ । सोमबार विराटनगरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख तथा को-फाउण्डर सुरक्षा अधिकारीले ठूलो डटकम विद्युतीय व्यापार प्रविधि कम्पनी भएको बताउनुभयो । ठूलो डटकम सन् २००५ देखि नै सुरु भएको र सन् २०१६ बाट देशभरि नै निरन्तररूपमा साना, मझौला तथा ठूला उद्योग व्यवसायलाई सूचना प्रविधिसँग आबद्ध गराउने काम गर्दै आएको कम्पनीले जनाएको छ ।

निरन्तररूपमा देशभरिका साना, मझौला तथा ठूला उद्योग व्यवसायलाई सूचना प्रविधिसँग आबद्ध गराई डिजिटल प्रविधिमार्फत् ती व्यवसायको व्यावसायीकरण, बजारीकरण र सबलीकरणमा कम्पनीले जोड दिँदै आएको अधिकारीको भनाइ छ । ठूलो डटकमको प्रधान कार्यालय बागमती प्रदेशको ललितपुर जिल्लामा रहेको भए पनि यस वर्षदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश १, मोरङ व्यापार संघ, प्रदेश लघु उद्यम महासंघ नेपाललगायत अन्य संघसंस्थाको सहकार्यमा प्रदेश १ मा डिजिटल साक्षरता तथा इ–कमर्ससम्बन्धी कार्यक्रम सुरू गरेको हो ।

ADVERTISEMENT

विराटनगर, झापा, इटहरी, उदयपुर, धनकुटा, तेह्रथुम र पथरीमा डिजिटल साक्षरता तथा इ-कमर्ससम्बन्धी तालिम सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक राजाराम नेपालले जानकारी दिनुभयो । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकालगायतका उद्यमीलाई ठूलो डटकम इ-कमर्स प्लेटफर्ममा अनलाइन पसल खोलेर सामान बिक्री तथा वितरण गर्ने सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज