सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 3 mins

काठमाडौं । सोमबार सेयर बजार २३.६० अंकले घटेको छ । गत बिहीबार २१.१५ अंकले झरेर २०७०.४१ अंकमा बन्द भएको नेप्से सोमबार पनि घटेर २०४६.८१ अंकमा पुगेर बन्द भएको हो । बिहीबारको तुलनामा सोमबार कारोबार रकम भने २६ करोडले बढेको छ । सोमबार दुई सय ५८ कम्पनीका ६० लाख ९१ हजार कित्ता सेयर एक अर्ब ९४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका ३२ कम्पनीको मूल्य बढेको छ भने एक सय ७७ कम्पनीको मूल्य घटेको छ ।

सात कम्पनीको स्थिर रहेको छ । कुल एक अर्ब ९४ करोड ७६ लाखको कारोबार भएकोमा हिमालयन डिष्टिलरीको सर्वाधिक २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख, जीवन विकास लघुवित्तको छ करोड ५५ लाख, एनआइसी एसिया बैंकको पाँच करोड ५५ लाख र सानिमा बैंकको चार करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य भने बढेर सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत्को सेयरमूल्य ४.१७, एनएमबी हाइब्रिड फण्ड एल-१ को इकाई ३.९६, कालिका पावर २.०४ र एनएमबी-५० को इकाईमूल्य २.०२ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

जीवन विकास लघुवित्तको सेयरमूल्य भने सर्वाधिक ९.१५ प्रतिशतले घटेर २४ सय ६३ रुपैयाँमा झरेको छ । उपकार लघुवित्तको ७.४२, हिमालयन डिष्टिलरीको ५.३१, विन नेपाल लघुवित्तको ५ र समिट लघुवित्तको ४.९६ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुईवटाको बढेको भने ११ वटाको घटेको छ । म्युचुअल फण्ड ०.७९ र व्यापार ०.४० प्रतिशतले बढेको हो भने उत्पादन तथा प्रशोधन, लघुवित्त, विकास बैंक र अन्यको सूचक धेरै घटेका छन् । सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज