कैलाली । बैंकहरूले आफूखुसी चर्को ब्याजदर बढाएको भन्दै सुदूरपश्चिमका व्यवसायी आन्दोलित भएका छन् ।
उनीहरुले शुक्रबार विरोध प्रदर्शन गरेका छन् । बैंकको चर्काे ब्याजदरविरुद्ध व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले सुदुरपश्चिम प्रदेशका उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै आन्दोलनको कार्यक्रम अगाडी बढाएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाई धनगढीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनमा उत्र्रिएको घोषणा गरिएको छ । शान्तिपुर्ण रुपमा गरेर आन्दोलनका कार्यक्रमहरु कडा बनाउँदै लैजाने व्यवसायीहरुले चेतावनी दिएका छन् । संघका उपाध्यक्ष पुष्कर ओझाले ८ प्रतिशतमा लिएको ऋणको ब्याज वर्षदिन नपुग्दै १७ प्रतिशत पु¥याएको र त्यसको विरुद्धमा बाध्य भएर आन्दोलन गर्नु परेको बताउनुभयो ।
विगतमा ६÷७ प्रतिशत रहेको ब्याज एकाएक १७/१८ प्रतिशत पु¥याउँदा व्यवसायी तनावमा रहेको धनगढीका व्यवसायीको गुनासो छ । उनीहरुले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरुको खर्च न्यून गरी स्पेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत बर्षकै आधारमा लिइनु पर्ने, व्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नु पर्ने, लिलाम प्रक्रिया स्थगित गरिनु पर्ने, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने लगायतका माग राखेका छ ।
बैंकले किस्ता तिर्न बारम्बार फोन गरी यातना दिन थालेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाई छ । महँगी र बैंकको चर्को ब्याजदरले निजी क्षेत्रदेखि सर्वसाधारण सम्म प्रभावित छन् । उद्योग चलाउन ऋण नपाउने, कच्चा पदार्थ आयात गर्न डलर नपाइने अवस्था भएपछि उद्योगी व्यवसायी उद्योगमा ताल्चा लगाउने अवस्थामा आइपुगेको भन्दै विरोध सुरु गरेको ओझाले बताउनु भयो ।
आन्दोलनमा होटल व्यवसायी संघ, मदिरा व्यवसायी संघ, इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नाट्टा सुदूरपश्चिम, हार्डवेयर व्यवसायी संघ, होलसेल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, व्युटि पार्लर व्यवसायी संघ, तरकारी तथा फलफुल व्यवसायी संघ र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसेसनले एक्यवद्धता जनाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच