काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिनु पर्नेसमेत उल्लेख गर्नुभएको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
‘शहीदहरूको उच्च बलिदानले वर्तमान समयसम्मका हाम्रा राजनीतिक एवं सामाजिक सुधारका आन्दोलनहरूलाई प्रेरणा दिएको छ भने भविष्यमा पनि उहाँहरूको सहादतले हामीलाई मार्गदर्शन गरिरहने छ । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै शहीदको अमर गाथा पनि सदैव स्मरण गराउँछ’, राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts