सिनेमाघरमा ‘फूलबारी’

Read Time = 1 min

काठमाडौं । शुक्रबार प्रदर्शनअन्तर्गत यो हप्ता देशभरका सिनेमाघरमा चलचित्र ‘फूलबारी’ प्रदर्शनमा आएको छ ।

अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको यो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई हुनुहुन्छ ।

ADVERTISEMENT

सञ्चयकोषमार्फत् पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नी श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको अभाव र सरलताको कथा चलचित्रमा देखाइएको छ ।

यशोदा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा छ भने यसलाई रामबाबु गुरुङले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?