काठमाडौं । हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ मोबाइल । मोबाइलबिना हाम्रा हरेक क्रियाकलाप ठप्प हुन्छन् । बिहान उठेदेखि राती नसुत्दासम्म हामी यसको स्क्रिनमा रहने गर्दछौँ । हरेक कुराका फाइदा र बेफाइदा त हुन्छन् नै ।
हामी बिहान ब्युँझिनेबित्तिकै मोबाइल चलाउने हाम्रो बानी भइसकेको छ । तर, अध्ययनहरूले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा हाम्रो शरीरमा विभिन्न प्रकारका असर निम्तिन सक्ने बताएका छन् ।
बेलायतमा करिब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठेलगत्तै मोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरूको दिनको सुरुवात तनावबाट हुने पाइएको छ । जसका कारण उनीहरूलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ ।
विज्ञहरूका अनुसार उठ्नेबित्तिकै जब हामी मोबाइलको नोटिफिकेसन देख्छौँ, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ । जसका कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन । त्यसले हाम्रो कार्यक्षमतामा असर पुर्याउँछ । बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौँ, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ । बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिँदा रक्तचाप थप बढ्न सक्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।
बिहान मोबाइल चलाउँदा हामी सामान्यतया इमेल वा सोसल मिडियाको नोटिफिकेसनमै आँखा लगाइरहेका हुन्छौँ । त्यसक्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौँ । हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौँ । जसले गर्दा तपाईंको दिनको सुरुवात राम्रो हुँदैन ।
विज्ञहरू बिहान उठेलगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन् । तपाईं दिनको सुरुवात योग वा ध्यानबाट गर्न सक्नुहुन्छ । त्यसले मन र मस्तिष्कमा शान्ति र ऊर्जा भर्छ र तपाईं आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts