ओलीसँगको भेटपछि प्रचण्डको प्रतिक्रिया : गठबन्धन भत्किँदैन, राष्ट्रपतिको विषयमा पनि केही दिनमै टुंगो लाग्छ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताउनु भएको छ ।

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने दाबी गर्दै भन्नुभयो ‘गठबन्धन भत्किँदैन। राष्ट्रपतिको विषयमा पनि केही दिनमै टुंगो लाग्छ । ’

गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको पनि उहाँको भनाइ थियो ।

ADVERTISEMENT

राष्ट्रपति सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ। उहाँहरुबीच बिहीबार पनि भेटवार्ता भएको थियो ।

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताइरहँदा एमालेले भने पुस १० गतेकै सम्झौताअनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज