टर्की भूकम्पः २२२ घन्टा पछि एक महिलाको जिबितै उद्धार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको छ।

ADVERTISEMENT

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घन्टा पछि उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए।

त्यसपछि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज