छाडा चौपाया महाकालीमा बगाए पछि सर्बत्र बिरोध

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 1 min

डडेल्धुरा । पर्शुराम नगरपालिकाले छाडा गाईबस्तुहरु महाकालीमा बगाए पछि सर्बत्र बिरोध भईरहेको छ ।

पर्शुराम नगर क्षेत्रभित्र रहेका सैयौं गाईबस्तुहरु पर्शुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाए पछि स्थानीय आक्रोसित भएको स्थानीय केशब बोहराले बताउनुभयाे ।

ADVERTISEMENT

पर्शुराम नगरपालिकाले गौरक्षाका लागि आवश्यक व्यवस्थापन गर्नु पर्नेमा पवित्र तिर्थस्थल तथा सिमानदीमा लगेर बगाउँदा जनप्रतिनिधिको आलोचना मात्र भएको छैन यस्ता अपराधिक कुकृत्यको जिम्मा पनि स्थानीय तहले लिनु पर्ने स्थानीय भुपेन्द्र धामीले बताउनुभयाे ।

पर्शुराम नगरपालिकाका जनप्रतिनिधिले भने आफूहरुलाई गाईबस्तुहरु महाकालीमा बगाएको जानकारी नभएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *