सहमति नभए नयाँ नेतृत्वका लागि आज मनोयन र मतदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेसनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफनो कमिटी भंग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसक्नुभएको छ । जसमा खिमलाल भट्टराई, बिनोद ढकाल, रचना खड्का, माधव ढुंगेल, किशोरबिक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहनुभएको छ ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहनुभएको छ ।

ADVERTISEMENT

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसनको हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरिसक्नुभएको छ ।

महाधिवेसन २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ । महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधि आएका छन ।

निवर्तमान अध्यक्ष बरालका अनुसार जारी महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो । उहाँका अनुसार जारी महाधिवेसनले १९९ सदस्सीय केन्द्रिय समिति तथा तीनवटा केन्द्रिय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन ।

उहाँका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?