कोकको चाज्र्डसँग गेट चाज्र्ड

Read Time = 2 mins

काठमाडौं । कोका-कोला नेपालले चाज्र्ड नामक नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ ल्याएको छ । कम्पनी सोमबार काठमाडौंमा एक कार्यक्रमबीच नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । यो नयाँँ पेय पदार्थले उपभोक्तालाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार चाज्र्डको सार्वजनिकसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ ‘बेरी बोल्ट ।

सो अवसरमा कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘नेपाली युवाका आफ्नै महत्वाकांक्षा छन् र उनीहरूलाई आफ्नो आकांक्षा पूरा गर्न जिम्मेवारी लिन र सोहीअनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्ट स्वादले युवालाई नयाँँ स्वादका साथै जीवनमा आइपर्ने अनिश्चिततामा चिन्ताको साटो चुनौतीको डटेर सामना गर्न प्रोत्साहन गर्छ ।’

ADVERTISEMENT

कम्पनीका म्यानेजिङ डाइरेक्टर दिपक सेन्ठिल नाथले भन्नुभयो, ‘आफ्ना उपभोक्तालाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कम्पनीले एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अघि बढाएको छ । चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियो विस्तारमात्र गरेको छैन, नेपाली युवाको रोजाइ र उनीहरूको गो-गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयास पनि देखाएको छ ।’ चाज्र्ड २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?