सकियो ‘बाटो’को छायांकन

Read Time = 2 mins

काठमाडौंं । चलचित्र ‘बाटो’को छायांकन सकिएकोे छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको चलचित्रको सोमबार ‘इण्ड क्ल्याप’ गरिएको हो । काठमाडौंबाट छायांकन सुरु भएको यो चलचित्र उदयपुरको गाइघाट र काठमाडौंका विभिन्न स्थानको छायांकनपछि सकिएको हो । चलचित्रको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो ।

मदन थापाको निर्देशन रहेको चलचित्रमा लेखनसमेत निर्देशक थापाकै छ । चलचित्रका छायांकार शरण ऋषि हुनुहुन्छ । काठमाडौं फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायत मुख्य भूमिकामा हुनुहुन्छ । रोड थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्माता चन्दन झा हुनुहुन्छ ।

ADVERTISEMENT

उहाँ काठमाडौं फिल्मका फाउण्डर पनि हुनुहुन्छ । चलचित्रको पोष्ट प्रोडक्सनको सम्पूर्ण कार्य मुम्बईमा हुने जनाइएको छ । चलचित्र नेपालीसहित हिन्दी, तेलुगु, मलयालम र अंग्रेजीमा भाषामा समेत तयार हुने निर्माता चन्दन झाले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?