उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्वात्राबीच भेट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आउनु भएका सचिव क्वात्राले मंगलबार उप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गर्नुभएको हो ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरुबीच दुईदेशबीच भएका सन्धि सम्झौता, नेपालको आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको छ ।

ADVERTISEMENT

भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय उठाएका विदेशसचिव क्वात्राले नेपालको रेल्वे विकासमा नेपालकै जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताउनु भयो

विदेशसचिव क्वात्राले अरुण तेस्रो आयोजनाको एक्सेस रोड निर्माणसम्बन्धमा राखेको चासोप्रति उपप्रधानमन्त्री श्रेष्ठले यस कार्यलाई नेपालले चाँडै अगाडि बढाउने जवाफ दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *