अध्यक्ष नेपाल र भारतीय विदेश सचिवबीच भेटवार्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव बिनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेपाल निवासमा अध्यक्ष नेपाल र बिदेश सचिव क्वात्राबिच भेटवार्ता भएको हो ।

ADVERTISEMENT

नेपाल-भारत सचिवस्तरीय उच्च सयन्त्रको बैठकमा भाग लिन आएका क्वात्राले हिजो राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे हाे ।

दुई दिने नेपाल भ्रमणमा आएका क्वात्राले आज एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्ता राउतलगायतसँग भेटवार्ता गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *