चक्काजाम गर्ने यातायात मजदुरको चेतावनी

Read Time = 3 mins

काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा गरेका छन् । यातायात मजदुरका तीन संगठनले सोमबार साँझ संयुक्त विज्ञप्तिमार्फत् यस्तो घोषणा गरेका हु्न् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफूहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी ल्होत्सेका प्रतिनिधिले कुटपिट गरेको भन्दै गाडी नचलाउने चेतावनी दिएका छन् । ल्होत्सेले गुण्डागर्दी गरेको भन्दै मजदुरहरूले सोमबार बालाजु सडकमा गाडी राखेर अवरोध गरेका थिए ।

सोहीक्रममा प्रहरीसँगको झडपमा नेपाल प्रहरीको बालाजु वृत्त काठमाडौंको बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक जरिवाना विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरले प्रहरीका दुईवटा भ्यानमा आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइदिएका थिए ।

ADVERTISEMENT

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

यातायात मजदुर नेता भीम ज्वाला राईले आफूहरूमाथि आक्रमण भएको भन्दै १० बुँदे माग सार्वजनिक गर्ने कार्यक्रममा ल्होत्से कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवरसहित ३० जनाको समूहबाट कुटपिट भएको बताउनुभएको छ । मजदुरले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन् । सो सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?