टाइटन घडीको शोरुम जावलाखेलमा

Read Time = 1 min

काठमाडौं । टाइटन घडीले ललितपुरको जावलाखेलमा पनि शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार कम्पनीका रिजनल डाइरेक्टर जोसेफ प्रिन्सले शोरुमको उद्घाटन गर्नुभएको हो ।

यसअघि दरबारमार्गमा शोरुम सञ्चालनमा ल्याएको थियो । रिजनल डाइरेक्टर प्रिन्सले नेपाली ग्राहक कम्पनीको हृदयमा सधैं बस्न सफल भएको भन्दै कम्पनीले उत्पादन गर्ने उच्चस्तरीय घडी नेपालमै पाइने बताउनुभयो ।

ADVERTISEMENT

करिब दुई दशकदेखि नेपालमा टाइटनको घडी बिक्री हुँदै आएको छ । सन् १९८४ मा स्थापना भएको कम्पनीले हरेक वर्ष १५ लाख बढी घडी उत्पादन गर्ने र ३२ मुलुकमा २० करोड ग्राहक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज