पाल्पा । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा पाल्पाको रानीमहल पुग्ने प्रेम जोडीलाई तानसेन नगर सरकारले भव्य स्वागत गर्दै छ । तानसेन नगर सरकारले नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानीमहल पुुग्ने प्रेम जोडीहरुका लागि सम्मान तथा स्वागत गर्न लागेको हो ।
फागुन २ गते मनाइने दिवसका दिन रानीमहलमा विशेष कार्यक्रमको आयोजना गरी प्रेम जोडीहरुलाई सम्मानसँगै स्वागत गर्न लागिएको नगर सरकारका प्रवक्ता यादवसिं कार्कीले बताउनुुभयो । त्यहाँ पुुग्ने २५ जोडीलाई विशेष सत्कार गरिने छ । उहाँहरुलाई गुलाबको फुल खाजा, खाना तथा बासको व्यवस्थापन गरिएको छ । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमिति मार्फत् युगल जोडीहरूको भव्य स्वागतको लागि तयारी सकेको छ । प्रेमी जोडिलाई रातो कार्पेटमा राखेर रातो गुलाबको फूल साटासाट गर्ने गरी सहभागी गराईने प्रवक्ता कार्कीले बताउनुुभयो । प्रचार प्रसारको अभावमा ऐतिहासिक रानीमहल ओझेलमा पर्न थालेपछि नगर सरकारले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । प्रेमको प्रतीकको रूपमा रहेको रानीमहललाई प्रेम दिवसकै अवसर पारेर कार्यक्रम राखिँदा यसको थप गरीमा बढ्ने भएकाले प्रेम दिवसमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पर्यटन प्रवद्र्धन गर्दै रानीमहललाई अन्तर्राष्ट्रिय स्तरमा लैजान यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ ।
प्रेम दिवस विश्वभर मनाइने दिवस हो । विश्वभर फेब्रुअरी २, मंगलबार भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले उपयोग गर्ने गर्छन् । प्रणय दिवसका अवसरमा देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ । पाल्पाको रानीमहलमा पनि सयौंको संख्यामा प्रेमजोडीहरु पुुग्ने गर्दछन् ।
१९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरे गर्नुभएको थियो । पाल्पाको बौघागुम्हा र खानीगाउँ गाविसको सीमानामा कालीगण्डकीको किनारमा बनाइएको ताजमहल जिल्ला सदरमुकाम तानसेनदेखि १४ किलोमिटर उत्तरमा छ । आजको दिनमा यो महलमा सच्चा जोडीहरु आफ्ना अतितलाई सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पना गरिरहेका भेटिन्छन् ।
१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कैशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग शमशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र शमशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिनुुभएको थियो । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उहाँ भारत पलायन हुुनुुभयो । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ ।
पाल्पा र स्याङ्जाको सीमानामा पर्ने यो दरबार खड्ग शमशेरले युयानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनअनुसार बनाउनुुभएको हो । कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्थ्यो । जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिएजस्तो देखिन्थ्यो । अहिले यो किनारमा छ । दरबारको जगबाट कालीनदी बगेपनि हालसम्म दरबारलाई भने कुनै क्षति पु¥याएको भने छैन । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा छन् । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच