सोमबारको हरियो तरकारी र फलफूलको मूल्य

Read Time = 3 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पफलफुल तथा तरकारीको बजार मूल्य सार्वजिनक गरेको छ ।

जसअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ७० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।

ADVERTISEMENT

सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १८० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा तोकेको छ ।

उता, छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजी मूल्य तोकेको विकास समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?