प्रधानमन्त्री प्रचण्ड कैलाली जाँदै, विभिन्न कार्यक्रममा सरिक हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लाग्नुभएको हो ।

ADVERTISEMENT

जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउने हुनुभएको छ ।

कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने कैलाली माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *