ग्रिल व्यवसायीद्वारा सहज र सहुलियत कर्जा माग

Read Time = 2 mins

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिको साताँै साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सो अवसरमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् घरेलु तथा साना उद्योगीका लागि राहतको व्यवस्था गरे पनि खासै राहत नहुने बताउनुभएको छ ।

स्वदेशमै केही गर्न चाहने उद्योगी व्यवसायीलाई तत्कालै स्पष्ट नीतिहरू ल्याएर बढ्दो बंैकको ब्याजदर घटाउनुपर्ने, सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, स्वदेशी ग्रिल उद्योगबाट उत्पादित ग्रिलजन्य फलामको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ADVERTISEMENT

महासंघका वरिष्ठ उपाध्यक्ष निरञ्जनकुमार श्रेष्ठले ग्रिलजन्य फलामको काम ग्रिल व्यवसायीले नै गर्न पाउनुपर्ने, ग्रिल व्यवसायमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

पूूर्वी क्षेत्रीय अध्यक्ष रोहित श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा महासंघका प्रथम उपाध्यक्ष ठूलोबाबु श्रेष्ठ, महासचिव विवेकदास श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीले ग्रिल व्यवसायको व्यवस्थापनका साथै पुँजी र प्रविधिमा समेत जोड दिनुभएको थियो । अधिवेशनले विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा सुकमेल श्रेष्ठ, उपाध्यक्ष मैनुद्दिन शेख र महासचिवमा नारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?