रेशम चौधरीलाई लामो समय जेलमा राखिराख्नु हुन्न, रिहाइ गर्नुपर्छ : माधव नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने बताउनु भएको छ ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले चौधरीलाई लामो समयसम्म जेलमा राखिराख्न नहुने भन्दै सरकारलाई रिहाइ गर्न आग्रहसमेत गर्नुभयो ।

नेता नेपालले भन्नुभयो, ‘रेशम चौधरीलाई रिहाइ गर्न आवश्यक छ। रिहाइका लागि सरकारसँग माग गर्दर्छौँ।’

उहाँले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताउनु भयो। ‘अहिलेको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राष्ट्रपतिका लागि साझा व्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुन्छ’, अध्यक्ष नेपालले भन्नुभयो ।

ADVERTISEMENT

अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले सबैलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै यस सरकारले विश्वासको मत प्राप्त गर्ने उल्लेख गर्नुभयो । साथै उहाँले मध्यावधिमा जाँदा देशलाई आर्थिक भार पर्ने समेत बताउनु भयो ।

एमालेप्रति लक्षित गर्दै पूर्वप्रधानमन्त्री नेपालले एकता गर्न तयार भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गलत चिन्तन बोकेका पार्टीहरूले आफूलाई सुधारे हामी जोसँग पनि एकता गर्न तयार छौँ ।’

एकताका लागि विचार मिलेर मात्र नहुने त्यसका लागि मन पनि मिल्नुपर्ने उहाँको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *