काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांस अस्पतालले उपचारका लागि आएका बिरामीलाई इमर्जेन्सीको टिकट दिएर उपचार गराईरहेका छन् ।
महाराजगञ्जस्थित गंगालाल हृदयरोग केन्द्रले भने बिरामीलाई ओपिडी सेवा पनि उपलब्ध गराएर उपचार गराईरहेको छ भने शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, वीर अस्पताललगायतले उपचारका लागि अस्पताल आएका ओपीडी र नियमित फलोअपका बिरामीलाई इमर्जेन्सीका टिकट दिएर उपचार गराईरहेका छन ।
नेपाल चिकित्सक संघले ट्रमा सेन्टरका एक अस्पतालका डाक्टरलाई हातपात गरेको बिरोधमा देशैभरी अस्पताल ठप्प पार्ने घोषणा गरे पनि उपत्यकाका अधिकांस अस्पतालले ओपिडी सेवा लिन आएका बिरामीलाई इमर्जेन्सीको टिकट काटेर उपचार गराईरहेका छन ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा. दिनेश काफ्लेका अनुसार ओपीडी आउने नयाँ र पुराना बिरामीलाई इमर्जेन्सी टिकट दिएर सेवा दिइरहेको छ । उहाँका अनुसार फलाेअपमा आउने बिरामीहरुलाई नियमित रुपमा सेवा दिइरहेको छ ।
परोपकार प्रसुति गृहका निर्देशक डा. पवनजंग रायमाझी भन्नुहुन्छ, ‘गर्भवती महिलाहरुलाई सेवा दिने भएकाले फर्काउन सकिदैंन्, ओपीडी कक्षबाटै सेवा दिइरहेका छौं ।’
कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाकाअनुसार अस्पतालले उपचारका लागि आएका बिरामीलाई नफर्काउने गरी सेवा प्रदान गरिरहेको छ । ‘हामीले आएका बिरामीलाई फर्काएका छैनौं । ओपीडी सेवा बन्द छ तर इमर्जेन्सीको टिकट लिएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं,’ उहाँले भन्नुभयाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts