पाँँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको दोस्राे दिन अवलोकन गर्नेको भिड

Read Time = 3 mins

चितवन । माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषिसँग सम्बन्धी बृहत पाँँचौँ नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुरलगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो ।

कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयाे । प्रदर्शनी अवधिभर कृषिसँग सम्बन्धित विभिन्न विज्ञहरुसँग गोष्ठी, सेमिनार र अन्तरक्रिया समेत गरिएको थियो । तीनदिन सम्म सञ्चालन हुने प्रदर्शनीको आज आइतबार एक विशेष कार्यक्रमका बीच समापन गरिने आयोजकले बताएको छ ।

ADVERTISEMENT

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास, कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने लक्ष्य समेत लिइएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा भएको प्रर्दशनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघलगायतका विभिन्न संघ संस्थाहरु सहयोगी संस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज