अस्पताल खोल्न माग गर्दै विरामीका आफन्तले गरे सडक अवरोध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काडमाडौं । अस्पताल खोल्न माग गर्दै विरामीका आफन्तले वीर अस्पताल अगाडि सडक अवरोध गरेका छन । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ ।

ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सबै सेवा ठप्प पारिएको हो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन ।

ADVERTISEMENT

सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक संघका पदाधिकारीबिच वार्ता भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *