समीक्षा बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष चयन, महासचिवमा दर्शना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत हुनुभएको छ । केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT

महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।

केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएकाले निर्वाचनबाट चयन गरिने जनाइएको छ । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?