काठमाडौं । साताभर सेयर बजार ८८.०९ अंकले बढेको छ । गत साता २०९४.५४ बिन्दुमा रहेको नेप्से यस साता २१८२.६३ अंकमा पुगेको हो । तर, नेप्से बढे पनि कारोबार रकम चार प्रतिशत, सेयर संख्या तीन प्रतिशत र कारोबार संख्या आठ प्रतिशतले घटेको छ । गत साता कुल बजार पुँजीकरण ३० खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा यस साता ३१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । साताका चार कारोबार दिन सेयर बजार बढेको छ भने दैनिक औसत दुई अर्ब ५० करोड बराबरको कारोबार भई कुल १२ अर्ब ५२ करोड २१ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १३ वटै समूहको परिसूचक बढेकोमा लगानी सबैभन्दा धेरै ७.९७ प्रतिशत बढेको छ । गत साता ६४.३४ अंकमा रहेको लगानी समूह यस साता ६९.४७ अंकमा पुगेको हो ।
फाइनान्स ७.१७, विकास बैंक ६.२९, हाइड्रोपावर ५.७८, उत्पादन तथा प्रशोधनमूलक ५.३३, निर्जीवन बीमा ४.१७, अन्य ३.७७, व्यापार ३.६८, जीवन बीमा ३.३३, बैंकिङ ३.१४, लघुवित्त २.९९, होटल तथा पर्यटनमूलक २.८८ र म्युचुअल फण्ड सबैभन्दा कम १.२५ प्रतिशतले बढेको छ ।
यस साता जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक २१.८८ प्रतिशत बढेर ३१६.९० रुपैयाँ पुगेको छ भने लक्ष्मी बैंकको डिबेञ्चरको सेयर मूल्य १३.९९ प्रतिशत घटेर ८०९.५० रुपैयाँमा झरेको छ । त्यस्तै, आदर्श लघुवित्तको सेयरमूल्य २१.८३, राधी विद्युत १५.४२ , सपोर्ट लघुवित्त १४.३०, वरुण हाइड्रोपावर १४, जानकी फाइनान्स १२.६७, खानीखोला हाइड्रोपावर १२.४०, न्यादी हाइड्रोपावर ११.७१, ङादी ग्रुप पावर ११.१९, र एचआइसिसिएलको सेयरमूल्य ११.१६ प्रतिशतले बढेको छ । आइसिएफसी डिबेञ्चर ६.१६, प्राइम डिबेञ्चर ५.९५, नबिल ब्यालेन्स्ड फण्ड-३ को इकाई ४.३१, सिभिल डिबेञ्चर ३.६३, सयपत्री हाइड्रोपावरको २.०१ प्रतिशतले घटेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता