विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा दर्शना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ। शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ ।

पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिनु्भयो । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन हुनुभएको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन हुनुभएको छ ।  कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परीयारले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?