खेलकुदको विकासका लागि स्थानीय सरकारले ५ वर्षे योजना बनाउन जरुरी : महामन्त्री थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने बताउनु भयो । उहाँले नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने बताउनु भयो ।
उहाँले स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेलको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले राजनीति पेशा नभइ सेवा भएबाले कसैलाई पनि मानवता ठूलो लाग्ने व्यक्तिले राजनीति गर्नु सबैभन्दा उचित हुने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा राजनीति पेशा होइन, राजनीति सेवा हो । कसैलाई पनि मानवता एकदमै ठूलो लाग्छ भने त्यसको लागि राजनीति उच्चतम कदम हो । बोलेको कुरालाई व्यवहारमा उतार्ने कुरा मुख्य हो । नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराईलाई कसैसँग तुलना गर्न मिल्दैन । यस्तो व्यक्तिलाई सम्झिएर यत्रो जीवनीका बारेमा नयाँ जेनेरेशनको व्यक्तिहरुलाई बुझाउन जरुरी छ । कृष्णप्रसाद भट्टराई जस्तो मानिसको बारेमा नयाँ जेनेरेशनको बारेमा बुझाउन जरुरी छ । त्यो पनि खेलको मार्फतबाट । स्थानीय सरकार यसमा लागेको छ यो एकदमै राम्रो हो । हाम्रो स्थानीय सरकारले नै यस्ता खेलकुदको विकासका लागि कुरा उठाउनु पर्छ । स्थानीय सरकारसँग ५ वर्षमा के गर्छु भन्ने योजना बनाउनु पर्छ । स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग गर्नुपर्छ । अहिलेको सहयोगले मात्रै पुग्दैन । खेलकुदमा करियर सम्भव छ, मेरो सपना फुटबल खेलाडी बन्ने थियो । मेरो पहिलो पटक पत्रिकामा नाम आएको फुटबल खेलमा गोल हानेर हो । खेलकुद विकास गर्न स्थानीय तह पनि लाग्नुपर्छ । स्थानीय सरकारसँग ५ वर्षको सोचाइ बनाउनु पर्छ । अब हामीलाई निजी क्षेत्रले पनि खलेकुदमा उत्कृष्ट सहभागिता हुनुपर्छ । खेलकुदमा करियर सम्भव छ ।’

महामन्त्री थापाले आफ्ने खेलाडी बन्ने सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको स्मरण गर्नुभयो । उहाँले खेलकुदको माध्यमबाट स्व.कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको बारेमा नयाँ पुस्तालाई बताउन जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?