राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले गर्यो डाक्टरमाथि हातपात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपतिको सवारी हुँदा ट्रमा सेन्टरका डा. जनहित लालमाथि प्रहरीले हात पात गरेको छ । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको थियो।

प्रहरी र डाक्टरहरुबीच ट्रमा सेन्टर अगाडि घम्साघम्सी भएको थियो । जस्ले गर्दा वीर अस्पताल जाने बाटोमा गाडीको निकै लामोजाम समेत भएको छ । वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न जानुभएको थियो । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।

ADVERTISEMENT

घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *