सुनको मूल्य घट्यो

Read Time = 2 mins

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला १३ सय रुपैयाँ घटेको हो । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

ADVERTISEMENT

शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लोदिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । शुक्रबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज