हिमाल सफाइ अभियानमा सूर्य नेपालको साथ

Read Time = 2 mins

काठमाडौं । जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल अन्नपूर्ण र लोत्से हिमाल सफाइ गर्ने भएको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैरसरकारी संस्था सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट नेपालसँग साझेदारी गरी सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

ADVERTISEMENT

मंगलबार एक कार्यक्रमबीच नेपाली सेना, सूर्य नेपाल सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्टबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डे, प्रमुख सेनानी किशोर अधिकारी, सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमन्टका आनन्द मिश्रा, सूर्य नेपालका प्रबन्ध निर्देशक रवि के रायवरम र प्रबन्धक प्रेमनारायण अर्यालको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज