एनआइसी लघुवित्तद्वारा किसानलाई तालिम

Read Time = 2 mins

काठमाडौं । प्रदेश १ इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोकको बनेपामा कर्पाेरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाकोे उपप्रादेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यका लागि एकदिने व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम गोपीगञ्ज नवलपरासीमा आयोजना गरेको छ ।

संस्थामा आबद्ध रही तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यावसायिक कृषि गर्न इच्छुक समूह सदस्यलाई स्थानीय क्षेत्रमै व्यावसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यको आम्दानीमा वृद्धि गने उद्देश्यले बिहीबार क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमरनाथ सेढार्इंले बताउनुभयो ।

ADVERTISEMENT

तालिममा भुताहाअन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समूह सदस्यको सहभागिता रहेको थियो । कर्पोरेट कार्यालयका चिफ बिजनेस एण्ड क्वालिटी एस्युरेन्स इकोसिष्टम अर्जुन श्रेष्ठ, पशु तथा कृषि प्राविधिक निरज पौडेललगायतले तालिम प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज