काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । बिहीबार सम्पन्न पाँचौँ साधारण सभाले सेयरधनीलाई दिने ८.९७ प्रतिशत बोनस प्रस्ताव पारित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ का लागि उक्त बोनस सेयर दिने भएको हो ।
साथै साधारण सभाले कम्पनीको हालको सेयर संरचनाअनुसार कायम रहेको चुक्ता पुँजीअनुरूप संस्थापक समूहतर्फ ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौतापत्र, कम्पनीको सेयर रोक्का राख्ने गरी भएको सञ्चालक समितिको निर्णयसमेत पारित गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले आगामी दिनमा कम्पनीको काम कारबाहीलाई प्रभावकारी बनाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements