बारा । मानमत कलैया मटिअर्वा सडक खण्ड अन्तर्गत अधुरो रहेको सडक तत्काल निर्माण गर्न माग गरिएको छ ।
मानवत–मटिअर्वा सडकखण्ड अन्तर्गत निर्माण हुन बाकी रहेको संस्कार एफएमदेखि शितलपुरसम्मको सडकको निर्माण प्रकृया तत्काल अगाडि बढाउन कलैया उपमहानगरपालिकाका प्रमुख बिनोदप्रसाद साहले माग गर्नुभयो ।
सामाजिक परिवर्तन केन्द्र नामक संस्थाले बिहिवार कलैयामा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
मानमत कलैया मिटअर्वा सडक खण्ड अन्तर्गत बाँकी रहेको ३ किलोमीटर सडक निर्माण हुन नसक्दा नगरवासीहरुले दुःख पाउने गरेका छन्, उहाँले भन्नुभयो ‘सरकारी निकाय तथा ठेकेदारका कारण नगरवासीले दुःख पाउनु दुःखद कुरा हो । यसको समयमै निराकरण हुनु पर्ने हो । लामो समय देखि सडक निर्माणमा भइरहेको ढिलाईले नगरवासीहरुले सास्ती खेप्नु परेको छ । सडक निर्माण हुन नसक्दा सवारी साधनको चापले सडकबाट उडेको धुलोले सडक वरिपरि बस्नेहरुलाई झनै समस्या थपिएको उहाँले बताउनु भयो ।
सामाजिक परिवर्तन केन्द्र नामक संस्थाले बिहिवार कलैयामा आयोजना गरेको संवाद कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख साहले अधुरो सडक निर्माणमा मुआब्जा समस्या तथा ठेकेदारहरुको रवैया नकारात्मक रहेकोले त्यसको समाधान गरि यथाशीघ्र निर्माण प्रकृया अगाडि बढाउनुपर्ने बताउनु भयोे ।
कार्यक्रममा बोल्दै पूर्व संबिधानसभा सदस्य प्रमोदप्रसाद गुप्ताले कर्मचारितन्त्रको गलत कृयाकलापले अधुरो सडक निर्माण हुन नसकेको बताउनुभयो ।
हुलाकी सडक आयोजना तथा जिल्ला प्रशासन कार्यलयको लापरवाहीका कारण सडक वरिपरि बस्ने सम्पूर्ण नगरवासीहरुले समस्या भोग्नु परेको छ, उहाँले भन्नुभयो,‘ जिल्ला प्रशासन कार्यालयले मुआब्जा पुनरावलोकन नगरेको कारण कतिपय घरधनिले घर भत्काएका छैनन । हालको अवस्थालाई मध्येनजर गर्दै मुआब्जा रकमको पुनरावलोकन गरि तत्काल सडक निर्माण प्रकृया अगाडी बढाउनु पर्ने उहाँले माग गर्नुभयो ।
कुनै पनि बहानामा विकास निर्माणको कार्यमा अवरोध गर्न नहुने माओवादी केन्द्रका नेता मुकेश साहले बताउनुभयो ।
अधुरो सडक निर्माण गर्न सबै इमानदारीपुर्वक लाग्नुपर्ने उहाँले बताउनु भयो ।
आफू जिल्लामा नयां भएको र तत्कालै सडक निर्माण सम्बन्धी कगजपत्र अध्ययन गरि समस्याको समाधानतर्फ लाग्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।
नगर प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह, हुलाकी सडक आयोजनाका प्रमुख, संघर्ष समितिका सदस्यहरु, विभिन्न राजनितिक दलका नेता, जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच