माओवादी केन्द्रमा वरीयता निर्धारण, जनार्दनभन्दा वर्षमान अगाडि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो ।

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा पर्नुभएको छ।

ADVERTISEMENT

त्यसपछि उपाध्यक्षहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्पा भुसाल क्रमश वरीयतामा पर्नुभएको छ। यसपछि महासचिव देवप्रसाद गुरुङ हुनुहुन्छ ।

उपमहासचिवको वरीयतामा निर्धारण गर्दा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन पर्नुभएको छ । उपमहासचिवमा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *