सिएनआईद्वारा योजना आयोगको ध्यानाकर्षण

Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले मुलुकको अर्थतन्त्रका विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला उद्योग एवं निर्माण उद्योगका समस्याका विषयमा बुधबार छलफल गरेको हो ।

अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी कदम चालिनुपर्ने बताउनुभयो । उहाँले क्षेत्रगतरूपमा २० देखि ८० प्रतिशतसम्म मागमा संकुचन आएको भन्दै त्यसले उद्योग तथा निर्माण क्षेत्रमा समेत ठूलो धक्का पुगेको बताउनुभयो । विकास निर्माणका परियोजना समयमै र तोकिएकै लागतमा सम्पन्न गराउनुपर्नेमा जोड दिँदै अग्रवालले त्यसका लागि ‘लो बिडिङ’ मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको भन्दै आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गरिने बताउनुभएको छ ।

ADVERTISEMENT

त्यसैगरी विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्न, शक्तिखोर तथा मयूरधापलगायत सञ्चालनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा निर्माण तथा सञ्चालन गर्न निजी क्षेत्रलाई अनुमति दिन पनि आग्रह गर्नुभयो । सिएनआईले चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिवोटिङ नेप्लिज इकोनोमी’ अवधारणासमेत उपाध्यक्ष श्रेष्ठसमक्ष पेश गरेको छ । अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने सिएनआईको सुझाव छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्र कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ नै सरकार केन्द्रित रहेको भन्दै आन्तरिक उत्पादन तथा रोजगारी बढाउन आवश्यक ठाउँमा ‘इन्टरभेन्सन’ गरिने बताउनुभयो । अर्थतन्त्रमा सुधार ल्याउन राजस्व चुहावट नियन्त्रण र औपचारिक माध्यमबाट बढी रेमिट्यान्स भित्र्याउनुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ थियो । अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्दै निजी क्षेत्रलाई नै अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउनुपर्ने समेत उहाँले जोड दिनुभयो । सो अवसरमा सिएनआई उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, गभर्निङ काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, महानिर्देशक दीपकराज जोशीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज