जिप्रका जुम्लामा पन्ध महिनामा ९१ मुद्दा दर्ता, जबरजस्ती करणीका १८ वटा

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लामा पन्ध महिनामा विभिन्न प्रकृतिका ९१ मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न ८९ जना प्रतिवादीलाई पक्राउ गरी कानुन बमोजिम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्याङ्क छ ।

जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले आफ्नो १५ महिने प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म जम्मा ९१ वटा मुद्दा दर्ता भएको र ८९ जना प्रतिवादीलाई पक्राउ गरी मुद्दा चलाइएको बताउनुभयो । हालसम्म दर्ता भएका ९१ वटा मुद्दामध्ये सबैभन्दा बढी जबरजस्ती करणीका १८ वटा छन् । जबरजस्ती करणीको मुद्दामा २१ जनालाई पक्राउ गरिएको छ ।

लागु औषधका १० वटा मुद्दा दर्ता र ३१ जना प्रतिवादी पक्राउ, कर्तव्य ज्यानतर्फ ४ वटा मुद्दा दर्ता भएका छन भने ४ जना पक्राउ परेका छन । घरेलु हिंसातर्फका ९० वटा उजुरी परेकामा ६० वटा मिलापत्र, २५ आफूखुसी अदालत गएको र २५ जना सम्पर्कमा नआएको पाइएको छ । त्यस्तै सामाजिक उजुरीतर्फ ७४ वटा उजुरी परेका तथ्याङ्क छ । साथै हराएका ११६ जना महिला, बालबालिका पुरुषहरूमध्ये सबै फेला परेको प्रगति विवरणमा छ ।

ADVERTISEMENT

बितेको १५ महिनामा २ हजार ८ सय ८२ वटा सवारी कारबाही भएको र त्यसबापत २४ लाख २१ हजार ५ सय राजश्व असुली भएको छ ।डिएसपी चन्दले बुधबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत १५ महिने प्रगति सार्वजनिक गर्दै न्युन जनशक्ति, स्रोत साधनको अभावका बीच सुशासन कायम, शान्ति सुरक्षा, चोरी डकैती नियन्त्रण, लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा सचेतनामुलक विभिन्न २५१ टा कार्यक्रम गरिएको उल्लेख गर्नुभयो । जुम्लाबाट सरुवा भई पोखरा जान लाग्नुभएका डिएसपी चन्दले आफ्नो १५ महिने कार्यकाल समग्रमा सन्तोषजनक रहेको बताउनुभयो । जुम्लाको नयाँ डिएसपीका रुपमा प्रल्हाद कार्की आउन लागेको प्रहरी निरीक्षक धर्मराज जोशीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?