संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले संघीय संसद भवन भित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उहाँले सो प्रस्ताव राख्नु भएको हो । संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेस्र्याए जसरी क्यामेरा तेस्र्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियमनै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उपाध्यक्ष नेम्वाङको तर्क थियो ।

उहाँले सो कक्ष दलका नेताहरु, सांसदहरु र संघीय संसद सचिवालयका पदाधिकारीहरुलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराउनु भयो ।

ADVERTISEMENT

उपाध्यक्ष नेम्वाङले भन्नु भयो, ‘त्यो गेटभन्दा बाहिर एकदम त्यो क्यामेराको स्टयान्ड लगाएर बन्दुक तेस्र्याएर बसेको जस्तो लाग्ने । उहाँहरु बिचरा त्यो लिएर कुँदिरहनु पर्ने । अलि कस्तोकस्तो लाग्दो रहेछ त्यो । त्यसकारण यत्रो त गरिरहेका छौ हामीले । प्रेस मिट रुम एउटा भव्य बनाउन । जहाँ केही प¥यो माननीय सदस्यहरु पनि जानु हुन्छ । दलका नेताहरु पनि जानु हुन्छ । पत्रकार साथीहरु पनि त्यहाँ बस्नु हुन्छ । प्रवक्तालाई पनि सजिलो । त्यहाँ जानु हुन्छ । त्यसकारण यो नियमावलीको महत्वपूर्ण पार्ट हुन्छ । एउटा नियम राखेर यो भव्य व्यवस्था गरौं भन्ने आग्रह छ ।’

उपाध्यक्ष नेम्वाङ पत्रकारहरुले संसदको मूलगेटमा दौडिएर नेताहरुको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *