काठमाडौं । भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपाली भाषीलाई विदशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ।
जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।
सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिनुभएको छ ।
हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको थियो । सो फैसलामा सुनाइएको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो।
काउन्सिलको गरेको आजको बन्द आह्वानलाई स्थानीयले पनि पूर्ण समर्थन गरेका छन्।
यस अघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो।
तर आज भने सिक्किम पुरै ठप्पको अवस्थामा छ । सिक्किममा भईरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts