राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र कुलुङमा

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनु भएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने बिभिन्न कार्यक्रममा सरिक हुनका लागि राष्ट्रपति भण्डारी भोजपुर आउनु भएको हो ।

राष्ट्रपति भण्डारीबाट साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको नेपालको प्रथम समाज सुधारक बिदुषी महिला योगमाया न्यौपानेको शालिक अनावरण साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पुजा अर्चनाको पनि कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले बताउनुभयो ।

ADVERTISEMENT

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । १९२४ सालमा भोजपुरमा जन्मिनु भएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो ।

यस्तै राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका वडा नम्वर १ मझुवाबेसीमा रहेको योगमायाको समाधी स्थलमा माल्यार्पण, अवलोकनका साथै वडा नम्वर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा अधिकारीको शालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनु भयो । सोही क्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाधी स्थल पार्कको समेत सिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *