राष्ट्रपति भण्डारी आज गृह जिल्ला भोजपुर जाँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) गृह जिल्ला भोजपुर जाँदै हुनुहुन्छ ।

षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर आउनुलाग्नुभएको हो ।

उहाँले भोजपुरको साल्पासिलिछो गाउँपालिका– १ कुलुङस्थित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

राष्ट्रपति आउने भएपछि गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपतिको भ्रमण सफल पार्न सबै पालिकावासीको उपस्थितिका लागि सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

विसं १९२४ मा भोजपुरमा जन्मिनुभएका योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्छ । तत्कालीन अस्वथामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उहाँले वि.स. १९९८ असार २२ गते अरुण नदीमा ६८ अनुयायीसँगै जलसमाधि गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?