‘टिभिएस लभ एक्सप्रेस’

Read Time = 1 min

काठमाडौं । टिभिएस स्कुटर र मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेका अवसरमा सम्पूर्ण टिभिएस स्कुटरमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । योजनाअन्तर्गत कुनै पनि मोडलका नयाँँ टिभिएस स्कुटर खरिदमा छ हजार रुपैयाँसम्मको स्योरसट नगद छुट पाइने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआईलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री गर्दै आएको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । योजनाअन्तर्गत ग्राहकहरूले जम्मा तीन हजार नौ सय ९९ रुपैयाँ अर्थात् प्रतिदिन एक सय ३३ रुपैयाँ वा २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने बताइएको छ । योजना फागुन १६ गतेसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज