महानगरले भत्कायो मैतिदेवी चोकको प्रहरी बिट (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीस्थित चोकमा रहेको प्रहरी बिट भत्काएको छ ।

नेपाल प्रहरीको समन्वयमा नगर प्रहरीले आज दिउँसो मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको हो ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको बिट बनाइएको थियो । प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतिदेवी चोकमा रहेको प्रहरी बिट हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन गरिएको थियो ।

सो क्षेत्रमा सवारी साधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता थियो ।

पाण्डेका अनुसार नेपाल प्रहरीसँग समन्वयमै बिट अर्को स्थानमा सारेर त्यहाँको बिट हटाइएको हो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?