काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै हुनुहुन्छ ।
अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लाग्नुभएको हो ।
पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उहाँको भ्रमण नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको पहिलो उच्चस्तरीय र सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले औपचारिक भ्रमणपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।
राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत रहनुभएकी पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ ७ फेब्रुअरीमा फर्किने कार्यक्रम छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts