टर्की र सिरियामा भूकम्पबाट मृत्युहुनेको संख्या झण्डै ४ हजार नजिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

इस्ताम्बुल । टर्कीमा सोमबार गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या झण्डै चार हजार नजिक पुगेको छ ।

सोमबार बिहान सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सोमबार दिउँसो पनि त्यहाँ ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पले टर्की र सिरियामा ठूलै जनधनको क्षति पुर्याएको छ ।

ADVERTISEMENT

भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी हजारौं मान्छेहरू घाइते भएका छन ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भूकम्पले हजारौं घरहरू ध्ववस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्प गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज